After the father got married

                         


बुवाले बिहे गर्नु भएको केहि समय पछि  दिन चर्याहरु राम्रै बित्दै गयो ।बिहेमा हल्का खर्च भएको कारण बुवाले  परदेश  जाने निर्णय गर्नुभयो । तेस  बेला हामी  सानै भएकोले घरको रेखदेख गर्न कठिन हुन्छ भनेर मेरो साईली  काकिको भरोसामा हाम्रा सबै बस्तुभाउ एकै ठाउमा मिसाउनु भयो। किन भने हाम्रो सानिआमा घासदाउरा गर्न सक्नु हुन्नथ्यो। त्यसैले हाम्रो सजिलोको  लागि बुवाले यसो गर्नु भएको थियो। तेसपछी हाम्रो बुवा साईला काका लगाएत गाउँका अन्य २/४ जना मिलेर बुवा इन्डिया जानु भयो।

      त्यसपछि मेरो जिवनमा कयौं अप्ठ्याराहरु आइपर्न  थाल्यो। म सानै थिए तर काम भने धरै गर्नु पर्थ्यो। गाउँले जिन्दगी भएपछी धरै कुरामा समस्या पर्दोरहेछ ।जुन मैले सानो छदा भोगे ।घास,गोठालो,दाउरा,पानी इत्यादि गर्नुपर्थ्यो । त्यो सबै काम मेरो ठुली बहिनी र मैले गर्नुपर्थ्यो । त्यत्ति गर्दा पनि काकी र आमाले धर दिनुहुन्नथ्यो ।अझ आमाले त लु म ईनिहरुलाई मैले तह लगाउन सकिन तिमीले नै तह लगाउ भनेर काकीलाई भन्नु हुथ्यो । हामीलाई यस्तो गरेको देखेर हजुरबुवाले आमा र काकीलाई गालि गर्नु हुथ्यो । हजुरबुवासंगको रिस हामि संग पोख्नु हुथ्यो। काकीले भन्नु हुन्थ्यो :- तिमीहरुले तिमीहरुको हजुरबुवालाई किन नानाथरी कुरा सुनायौ  भन्दै गाली गलोच गर्नु हुथ्यो। तेरो कुरा लाउने थुतुनो च्याति दिन्छु भन्दै मेरो ओँठ पनि तनिदिनुहुन्थ्यो। 

        हाम्रो गाउँमा गाई भैसीलाई ग्वाली लगाउने  चलन नभएकोले बारीमै गाई भैसीलाई बाध्ने चलन छ । हाम्रो बारीमा गोठहरु हुँदा  किला टाढा - टाढा ठोक्नु पर्ने र गोबर पनि पातलो छर्नु पर्ने । काकिहरुको बारीमा गोठ हुँदा गाई  भैसी बाध्ने किल्ला नजिक नजिक ठोक्नु पर्ने गोबर पनि बाकुलो छर्नु पर्थ्यो । यो सब काकीको आदेश चल्थ्यो हाम्रो आमालाई केहि वास्तै  थिएन। पछि हाम्रो बारीमा मकै फल्दैनथ्यो । काकिहारुकोमा भने टन्नै  मकै फलथ्यो ।     यसरी हाम्रो आर्थिक लेवल दिनानु दिन गिर्दैगयो  र त्यहि कारणले गर्दा होला  आज सम्म आर्थिक स्थिति सुधार्न सकिएको छैन ।

क्रमसः 

--------------------------------------------------------------------------------


English Translations 


After my father got married, the days went well. Father decided to go abroad because the wedding expenses were light. At that time, since we were young, it would be difficult to take care of the house, so my Saili aunt mixed all our belongings in one place. Why couldn't we mow our little one's house? So father did this for our convenience. After that, our father Saila uncle and other 2/4 people from the village went to India.

After that, many problems started happening in my life. I was young but work had to be done. After living in the village, there are many problems. I experienced this when I was young. My elder sister and I had to do all that work. Even then, my aunt and mother would not let me. My mother used to tell my aunt that I could not fold them, so you should fold them. Seeing us doing this, my grandfather used to abuse my mother and aunt. He used to share his anger with his grandfather. Aunty used to say :- You used to scold your grandfather saying why you told him so many things. He used to tear my lips as well, saying that he would rip off the muzzle of those who spoke about you.

    In our village, there is no tradition of herding the cows, so it is customary to tie the cows in the garden. When there are sheds in our fields , nails should be driven far and wide and dung should be spread thinly. When there was a cowshed in the aunts' garden, the dung that had to be placed close to the fort where the cows were tied up had to be scattered. All this was done by aunt's order and our mother didn't care. Later, corn did not grow in our fields. A lot of corn grew in my aunt's farm. Thus, our economic level is falling day by day and that is the reason why we have not been able to improve the economic situation till today.


           ============= यो पनि हेर्नुसोस ============



respectively



Comments

Popular posts from this blog

my schooling chapter (B)

Start my schooling chapter - A