My Life story
नमस्कार सम्पूर्ण  दर्शकहरु,  म एक साधारण परिवारमा जन्मेको केटो हु  मेरो जीवन धेरै दयनिय र नाजूक अवस्थासँग अघि बढिरहेकोछ । मेरो जीवनमा के कस्तो अवस्थामा बितिरहेको छ जान्नको लागि  मेरो सबै पोस्टलाई क्रमसः  पढ्दै जानु होला । 
मेरो नाम रामजी हो ।मेरो जन्म २०३९ साल चैत्र २२ गते आइतबार भएको हो रे । गाउँका एकजना बाजे पर्नेले भन्नुभाको हो । तेस्तै म १२/१३ वर्षको हुँदा मैले थाहा पाको मेरो जन्म दिन । आमालाई सोधु भने हामि सानो छदा बित्नुभाको । बुवालाई सोध्नु पनि म जन्मिदा बुवा परदेशमा हुनुहुनथ्यो । पछि बुवाले पात्रोमा मेरो जन्म मिति लेखेर राख्नु भएको थियो । घरको म जेठो छोरो को रुममा जन्मेको थिए । म जन्मिदा मेरो हजुरबुवा र हजुरआमा असाद्य खुशी हुनुभएको थियो रे । धेरै जसो म हजुरबुवा र हजुरआमा संगै हुर्के बढेकोले मलाई हजुरबुवा र हजुरआमाले धेरै माया गर्नुहुन्थ्यो । मेरो तीनजना बैनीहरु छन् । त्यी तीनजना बैनीहरु मध्ये कान्छी बैनी जन्मेको बाईस दिनमा अर्थात २०४५ सालको असोजमा आमाले यो संसार छाडेर सधैका लागि हामीलाई एक्लो र टुहुरो बनाउनु भएको थियो । अनि त्यी सानी बच्चीलाई हजुरआमाले गाईको दुध खुवाउनु भएर हुर्काउनु भएको हो । लाग्छ मलाई हामीलाई जन्म दिने आमा भैदिएको भए सायद जीवनमा येत्ति धरै दुख हुन्नथ्यो होला जस्तो लाग्छ मलाई तर अपसोच दैवको लिला अपरम्पार को छ भन्छन त्यसैले त आज यो हकिगत भोग्नु परिरहेको छ । आमाको दुखद निधन पश्चात बुवा एकदम एकोहोरिदै जानु भयो आफ्नो जीवन साथीले अलपायु मै छाडेर गए पछि कसलाई गाह्रो हुन्न होला र हामित सानै थियौ तेत्ति थाहा नै थिएन हाम्री आमा कस्तो हुनुहुन्थ्यो ? त्यो बेला आजभोलि जस्तो फोटो खिच्ने चलन पनि थिएन बुवाले कसरि आफ्नो मन थम्नुहुन्थ्यो होला । र पनि बेला बेलामा उहाको आँखाबाट आँशु झार्नुहुथ्यो।
त्यस पछि बुवाले २०४७ सालमा कान्छी बिहे गर्नुभयो र बुवाले अर्को दुलही भित्र्याउन साथ हाम्रो जीवनमा संगकट काल भित्रिएको रहेछ हामि बिचरालाई के थाहा पछिगएर एस्तो आइपर्छ भनेर
क्रमसः -
---------------------------------------------------------------------------------------------------------
English Translations
Hello All viewers, I am a boy born in a simple family my life is going on with very miserable and fragile condition. Please read all my posts one by one to know what is going on in my life.
My name is Ramji. I was born on Sunday 22nd Chaitra 2039. It is said by one of the village's grandfathers. That's how I found out my birthday when I was 12/13 years old. If I ask my mother, she passed away when I was young. Even asking my father, my father was not abroad when I was born. Later, my father wrote my date of birth in the calendar. I was born as the eldest son of the family. When I was born, my grandfather and grandmother were very happy. Most of the time I grew up with my grandfather and grandmother, so I was loved by my grandfather and grandmother. I have three daughters. Among those three sister , the youngest sister was born twenty-two days ago, i.e. in October 2045, the mother left this world and made us lonely and orphaned forever. And that little girl was brought up by her grandmother feeding her cow's milk. I think that if we had been the mother who gave birth to us, maybe there would not have been so much pain in life, but I think that God's leela aparampar is who they say, that's why today I have to suffer this reality. After the tragic death of my mother, my father became very lonely. Who wouldn't have a hard time after his partner left Alpayu and we were so young that we didn't know what our mother was like? At that time, there was no custom of taking photos like today, how could my father stop his heart. And even from time to time tears would fall from his eyes.
After that, father married in 2047. And with the introduction of another bride by the father, a difficult period has entered into our lives. Poor me, what do you know that this will happen later.
Respectively:-
 
Comments
Post a Comment